दफा ३६
दण्ड सजाय
(१) कुनै बीमक वा बीमकको संचालक, कर्मचारी वा सर्भेयर, दलाल वा विमा अभिकर्ताले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा आदेश वा निर्देशनको जानीजानी उल्लङघन गरेमा वा आफूले गर्नु पर्ने कुनै काम कारवाही नगरेमा वा गर्न नहुने काम कारवाही गरेमा त्यस्तो बीमक वा संचालक, कर्मचारी वा सर्भेयर, दलाल वा विमा अभिकर्तालाई समितिले तीन हजारदेखि दश हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ र त्यस्तो कसूर पटक पटक गरेमा प्रत्येक पटकको लागि निजलाई पाँचसय रुपियाँका दरले थप जरिवाना हुनेछ । (२) कुनै बीमक वा विमा अभिकर्ता वा दलालले यस ऐन बमोजिम पुयाउनु पर्ने रित नपुयाई विमा व्यवसाय गरेमा समितिले दश हजार रुपैयाँसम्म जरिवाना गर्न  सक्नेछ । (३) कसैले जानीजानी वा बदनियत साथ यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम राख्नु, बनाउनु, तयार गर्नु वा पेश गर्नु पर्ने हिसाब, किताब, खाता, विवरण सूचना वा अन्य कुनै कागजात सो राख्नु, बनाउनु, तयार गर्नु वा पेश गर्नु पर्ने समयमा नराखेमा, नबनाएमा, तयार नगरेमा, पेश नगरेमा वा झुठा विवरण वा कागजात बनाएमा वा पेश गरेमा निजलाई तीसहजार रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म केद वा दुवै सजाय हुन सक्नेछ ।